पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद
बुधबार, १० वैशाख २०८२, १६ : ०४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार टेलिफोन संवाद भएको छ ।
बुधबार भएको टेलिफोन संवादमा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको ओलीले कडा शब्दमा निन्दा गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सो क्रममा ओलीले जीवन गुमाएकाप्रति हार्दिक समवेदना व्यक्त गरेको र मोदीले पनि उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेको दूतावासको भनाइ छ ।
साथै क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा मोदीले जोड दिएका थिए ।
यसैगरी भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समार्फत आतंकवाद विरुद्धको लडाइमा भारत र नेपाल एकसाथ उभिएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?