बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

बुधबार, १० वैशाख २०८२, १५ : २६
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । नेपाली सिनियर पुरुष राष्ट्रिय फुटबल टोलीले हङ्कङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, नेपाल र हङ्कङबिचको खेल आगामी जुन ५ तारिखमा खेलिने छ । 

उक्त खेल हङ्कङ फुटबल संघले आयोजना गर्न लागेको हो । नेपाल र हङ्कङबिचको खेल विश्व फुटबल महांसंघ (फिफा) को अन्तर्राष्ट्रिय खेल क्यालेन्डरअन्तर्गत नै खेल्न लागिएको पनि एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप