बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर

बुधबार, १० वैशाख २०८२, १४ : ४७
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । साउदी अरेबियन क्लबमा आबद्ध हुने चर्चाबिच ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडसँगै सम्झौता नवीकरण गर्ने भएका छन् । सम्झौता नवीकरण कार्यलाई अन्तिम रूप दिने तयारी भइरहेको समाचारमा जनाइएको छ । 

पछिल्लो समय उनी साउदी क्लबमा आबद्ध हुने चर्चा चलिरहेको थियो । यो सिजन समाप्त हुनुअघि नै २४ वर्षीय भिनिसियस जुनियरको सम्झौता नवीकरण हुने बताइएको छ । रियल म्याड्रिडसँग उनको हालको सम्झौता सन् २०२७ को जुनमा सकिँदैछ । 

रियलले भिनिसियस जुनियरसँग सन् २०३० सम्मका लागि नयाँ सम्झौता गर्ने बताइएको छ । उनी ब्राजिलियन राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनी सन् २०१८ मा रियल म्याड्रिडको सिनियर टोलीमा आबद्ध भएका थिए । 

त्यसअघि उनले रियल म्याड्रिडको ‘बी’ टोलीबाट पनि खेलेका थिए । उनले सन् २०२३–२४ सिजनमा रियलका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त अवधिमा रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि चुमाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप