बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

माओवादीले बोलायो संसदीय दलको बैठक

बुधबार, १० वैशाख २०८२, १४ : २१
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । 

बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलनको क्रममा प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।

बर्खे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा दलको बैठक बोलाएको सापकोटाले बताए । 

‘शिक्षकहरू दुई हप्तादेखि आन्दोलनमा छन् । बर्खे अधिवेशनमा विपक्षीको तर्फबाट प्रभावकारी ढंगले प्रस्तुत हुनेगरी संसदीय दलको बैठक भोलि बोलाइएको छ । सोही बैठकले पार्टीले स्पष्ट योजना तय गर्नेछ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप