बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

सात सदस्यीय तेक्वान्दो टोली जापान जाने

बुधबार, १० वैशाख २०८२, १३ : ५४
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । वाटा (डब्लूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औँ संस्करणमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्ने भएको छ । अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । 

नेपालको तर्फबाट ३० केजीमुनि हृदयणी बस्नेतले, ३४ केजीमुनि जोलिना बस्नेतले, २४ केजीमुनि सोहन पाठकले, यू–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठले र यू–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा सरोज तामाङ रहेका छन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । काजलले यही प्रतियोगिताको २० औँ संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबिच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप