बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)

बुधबार, १० वैशाख २०८२, १३ : १४
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीसँग कार्लोसले भेट गरेका हुन् ।  

कार्लोस मंगलबार विहान नेपाल आइपुगेका हुन् । हाल काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विशेष अतिथिका रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले कार्लोसलाई नेपाल ल्याएको हो । 

490622301_701946189173576_4340169395253885332_n

कार्लोसले एनएसएल अन्तर्गत बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबिचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम थियो । तर, स्वास्थ्य समस्याका कारण उनी त्यो समयमा नेपाल आउन सकेका थिएनन् ।

आफ्नो समयका प्रभावशाली लेफ्ट–ब्याक कार्लोस ब्राजिललाई विश्वकपको उपाधि चुमाउने गौरवशाली टोलीका खेलाडी पनि हुन् । ५२ वर्षीय कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए ।  कार्लोसलाई विश्व फुटबलकै सर्वकालीन महान रक्षकमध्ये एक मानिन्छ । ब्राजिलले सन् २००२ को फिफा विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए । कार्लोसले लामो समय स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायीक फुटबल खेलेका थिए । 

490997683_688036180248328_1073904782742117800_n

उनी सन् १९९६ देखि सन् २००७ सम्म रियल म्याड्रिडमा थिए । यसका अतिरिक्त कार्लोसले इटालियन क्लब इन्टर मिलानबाट पनि व्यसायिक फुटबल खेलेका थिए । 

आफ्नो व्यवसायीक खेलजीवनको अन्त्यतिर उनले भारतीय क्लब दिल्ली डाइनामोजबाट पनि केही खेल खेलेका थिए । व्यववायीक खेलजीवनबाट विदा लिएपछि उनी प्रशिक्षण कार्यमा सक्रिय भएका थिए । उनले विभिन्न क्लबसँगै दिल्ली डाइनामोजमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

491001373_1077948857445040_8977017831899244386_n491004655_999311395601592_2360794657053004995_n491010805_1248782723270785_8223276240862492012_n491027740_1365854107996515_2737348356236275990_n491056263_9446673738784185_2120212593300735247_n491183965_1590409885680628_8910247186237896749_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप