बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो

बुधबार, १० वैशाख २०८२, १० : ३९
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 

जसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ । 

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप