केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई उसैको घरेलु मैदानमा आठ विकेटले हरायो । यो जितसँगै दिल्लीले प्ले–अफ चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्ली क्यापिटल्सले भने १७.५ ओभरमै केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
दिल्लीको जितमा विकेटकिपर ब्याट्सम्यान केएल राहुलले महत्वपूर्ण योगदान गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५७ रन बनाए । यस क्रममा उनले केवल ४२ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए ।
लखनउविरुद्धको खेलमा केएल राहुलले एउटा कीर्तिमान पनि बनाए । केएल राहुल आईपीएलको इतिहासमा सबैभन्दा छिटो पाँच हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन् । उनले आईपीएलको केवल एक सय ३० पालीमा पाँच हजार रन पुरा गरेका हुन् ।
केएल राहुलले अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरको कीर्तिमान तोडेका हुन् । आईपीएलमा डेभिड वार्नरले एक सय ३५ पाली खेल्दै पाँच हजार रनको कोशेढुंगा पार गरेका थिए ।
यो सूचिमा तेस्रो स्थानमा भारतका विराट कोहली छन् । कोहलीले आईपीएलमा एक सय ५७ पालीमा पाँच हजार रन पुरा गरेका थिए ।
यो सूचिमा एबी डेभिलियर्स चौथो र शिखर धवन पाँचौँ स्थानमा आसिन छन् । डेभिलियर्सले एक सय ६१ पाली र शिखरले एक सय ६८ पालीमा पाँच हजार रन पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ को ट्रेलरमा बालबालिकाको डिजिटल कुलतको कथा
-
रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे