शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

बुधबार, १० वैशाख २०८२, १० : ०६
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । 

आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि बुधबार ११ बजे सिंहदरबारमा बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ देखि सुरु हुने गरी बजेट अधिवेशन आह्वान गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप