पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी

कश्मीर । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि प्रधानमन्त्री मोदी आफ्नो साउदी अरेबियाको भ्रमण छोट्याएर भारत फर्किएका छन्।
प्रधानमन्त्री मोदी मंगलबार साउदी अरबको दुई दिने भ्रमणका लागि प्रस्थान गरेका थिए। उनले पहलगाम आक्रमणलाई 'आतंकवादी आक्रमण' को रूपमा वर्णन गर्दै भने , ‘आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन।’
दिल्ली पुग्ने बित्तिकै उनले परिस्थितिको बारेमा जानकारी लिन आपत्कालीन ब्रिफिङ बैठक गरेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस परिस्थितिबारे छलफल गरिएको छ। उता, केन्द्रीय गृहमन्त्री अमित शाह पहिले नै कश्मीर पुगिसकेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार आतंकवादी हमलापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अधिकारीहरूले यो कदम सावधानीका रूपमा उठाइएको बताएका छन्।
मंगलबार जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी आक्रमण भएको थियो। यस आक्रमणमा, अतिवादीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए, जसमा २६ जनाको मृत्यु भएको थियो।
आक्रमणपछि विशेष गरी दिल्लीका पर्यटकीय स्थल र सहरको सिमानामा कडा जाँच र निगरानी भइरहेको छ । अर्कोतर्फ, उपत्यकाका सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा सवारी साधन जाँच गरिरहेका छन् ।
जम्मू कश्मीरका धेरै क्षेत्रहरूबाट आक्रमणको विरोधमा भएका प्रदर्शनका तस्बिर र भिडियोहरू पनि बाहिर आइरहेका छन्। पहलगामका स्थानीयले क्यान्डल मार्च गर्दै आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का