जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
बुधबार, १० वैशाख २०८२, ०८ : १६

एजेन्सी। भारतको जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त हमलामा १७ जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप विवरण उपलब्ध गराइएको छैन ।
मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
-
गणतन्त्र रक्षार्थ प्रतिगमनविरुद्ध वाईसीएलले संघर्ष गर्ने, यस्तो छ तयारी
-
प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी