राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सविरुद्ध शानदार जित निकालेको छ । मंगलबार राती भएको खेलमा दिल्ली आठ विकेटले विजयी भयो । यो जितसँगै दोस्रो स्थानको दिल्लीले आठ खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ ।
लखनऊको भने नौ खेलबाट १० अंक छ । लिगको ४० औं खेलमा लखनऊले दिएको १६० रनको चूनौति पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा दुई विकेट गुमाएर १६१ रन बनायो ।
केएल राहुल र अभिषेक पोरेलको अर्धशतक बनाएसँगै दिल्लीले फराकिलो जित हासिल गरेको हो । ओपनर अभिषेकले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतले ५१ रन बनाए । करुण नैर १५ रनमा आउट हुँदा राहुल ५७ र कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे ।
बलिङतर्फ लखनऊका एडन माक्ररमले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।
लखनऊका ओपनर एडनले सर्वाधिक ५२ रन बनाउँदा अर्का ओपनर मिचेल मार्शले ३६ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाएका थिए । आयुष बडोनी ३६ रनमा आउट हुँदा डेभिड मिलर १४ रनमा नटआउट रहे । दिल्लीका मुकेश कुमार एक्लैले चार विकेट चट्काए । यस्तै, मिचेल स्टार्च र दुष्मन्थ चमेराले समान एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन