बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?

मङ्गलबार, ०९ वैशाख २०८२, २१ : ४३
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्दै औपचारिक रूपमा दर्ता गर्न दबाब बढाएसँगै फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी मेटा प्लेटफर्मले आफ्ना प्रतिनिधिहरू नेपाल पठाएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा चल्न नदिनेगरी नेपालमा दर्ता गर्न अप्रिल १५ सम्मको समय दिएको थियो । 

त्यसका लागि मन्त्रालयका अधिकारीहरूले मेटाले सिंगापुर कार्यालयका वरिष्ठ अधिकारीहरूलाई  छलफलका लागि आफ्ना प्रतिनिधि काठमाडौँ पठाएको हो । 

समाचार अनुसार  मेटाका सार्वजनिक नीति प्रबन्धक तथा एसिया प्रशान्त क्षेत्रका लागि सम्पर्क अधिकृत रुजान सरवारले बिहीबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेट्नेछन् । 

हालसम्म तीन प्लेटफर्महरू (टिकटक, भाइबर र विच्याट) मात्र नेपालमा दर्ता भएका छन् । नेपालमा सबैभन्दा धेरै प्रयोग फेसबुक र मेसेन्जर प्रयोग हुने गरेको छ । तर यो दर्ता हुन सकिरहेको थिएन । 

मन्त्री गुरुङले सार्वजनिक रूपमा दर्ता नगर्ने कम्पनीहरूलाई नेपालमा सञ्चालन गर्नबाट रोक लगाइने चेतावनीसमेत दिँदै आएका छन् । 

नोभेम्बरमा ’सामाजिक सञ्जाल प्रयोगको नियमनसम्बन्धी निर्देशन, २०२३’  लागु भएको छ । जसमा कम्पनीहरू मन्त्रालयमा दर्ता गर्नुपर्ने, नेपालभित्र सम्पर्क बिन्दु स्थापना गर्नुपर्ने, गुनासो अधिकारी नियुक्त गर्नुपर्ने र स्वनियमनका लागि एक निरीक्षण अधिकारी तोक्नुपर्ने भनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप