बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड

मङ्गलबार, ०९ वैशाख २०८२, २० : १०
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ काे परीक्षा सार्न अनुरोध गरेका छन्। 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।

प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश सिलवालले कक्षा १२ काे परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ। 

'परीक्षा सार्न भनेर नै निर्देशन दिनु भएको होइन । सार्न सकिने भए सार्नुस् भन्नू भएको हो। अब बोर्डले निर्णय गर्ला', सिलवालले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप