विद्यालय खोल्न अभिभावक आन्दोलनमा

पाल्पा । लामो समयदेखि शिक्षकहरूको आन्दोलन कारणले विद्यालय बन्द भएपछि आज पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका छन् ।
पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् ।
उनीहरूले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद, जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।
अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि ज्ञानोदय आधारभूत विद्यालयका पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताए ।
उनले विद्यार्थीहरूप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको भन्दै आन्दोलन पछि अभिभावक, विद्यार्थी र शिक्षकहरू बोलाएर विद्यालय खोल्ने विषय भएपछि पठन पाठन सुरु भएको बताए ।
अभिभावकहरूले बच्चाहरूको पठाइ बिग्रिएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली