११ सदस्यीय जुडो टोली मङ्गलबार राति थाइल्यान्ड जाने

काठमाडौँ । एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार राति थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
अप्रिल २५ देखि २८ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा तीन पुरुष र तीन महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्नेछन् ।
घरेलु प्रतियोगितामा विकास नेपाल पुलिस क्लब, विशेष एपीएफ क्लब र विपिन त्रिभुवन आर्मी क्लबबाट खेल्छन् । महिलातर्फ ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्का सहभागी हुनेछन् ।
दवीकी बन्दी सहायता नियोग (पाम), मनिता पुलिस क्लब र रञ्जना एपीएफ क्लबका खेलाडी हुन् । ओलम्पिकसमेत खेलिसकेकी मनिता पनि पामकै उत्पादन हुन् ।
अफिसियलमा नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापामगर रहेका छन् । आईटीका रूपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसँगै थाइल्यान्ड गएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले मङ्गलवार एक कार्यक्रमबिच बिदाइ गरे । कार्यक्रममा मोबिजिल्लाले प्रायोजन गरेको ट्रयाक सुट, एयर पोड र डिस्काउन्ट भौचर पनि प्रदान गरिएको थियो ।
प्रतियोगिताकै क्रममा हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारणसभामा सहभागी हुन नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य भने सोमबार नै थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ