बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

भोलिदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने*

मङ्गलबार, ०९ वैशाख २०८२, १६ : ४३
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । बुधबारदेखि शिक्षक आन्दोलन  बिहान ११ देखि २ बजेसम्म हुने भएको छ ।  नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान ११ देखि २ बजेसम्म तय गरिएको जानकारी दिए । 

‘२०८२ बैशाख १० गतेबाट  आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो  २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।

  महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ । 

*समय ११ हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप