सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सिरहा । सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्लाको भारत सीमावर्ती क्षेत्रबाट दुई जना भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला ग्रामपंचायत पिपराही वडा नम्बर– २ कल्याणपुर निवासी २५ वर्षीय धर्मेन्द्र सिंह र २२ वर्षीय प्रिन्स सिंह रहेका छन् ।
जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चेक पोस्टमा खटिएको टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध हतियार बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता विरेन्द्र पासवानले बताए ।
मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली फेला पारेको जनाएको छ ।
साथै प्रहरीले उनीहरूको साथबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकलसमेत बरामद गरेको छ ।
सिरहा प्रहरीको हिरासतमा रहेका दुवै जनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू