९ महिनामा ३१ अर्बको तरकारी आयात

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब बराबरको तरकारी आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ३१ अर्ब ५२ करोड ९ लाख ४ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ ।
सो समयावधिमा ४ करोड ८२ लाख १६ हजार रुपैयाँको तरकारी निर्यात पनि भएको छ । तरकारीमा नेपालले ३१ अर्ब ११ करोड २६ लाख ८८ हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ ।
सो अवधिमा सरकारले तरकारी आयात गर्दा ६ अर्ब ३ करोड ९२ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट आलु, ब्याज, फलफूल तथा हरियो तरकारीहरू आयात हुँदै आएको छ ।
उपत्यका छेउछाउका जिल्ला, भारत, चीन, भुटान लगायत विभिन्न स्थानबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भारतबाट ३९.२० प्रतिशत, भुटानबाट ०.०२ प्रतिशत, चीनबाट ०.१२ प्रतिशत र अन्य क्षेत्रबाट १.४२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति भएको जनाएको छ । बाँकी नेपालका विभिन्न जिल्लाबाट तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल