मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?

मङ्गलबार, ०९ वैशाख २०८२, १४ : २७
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । दक्षिण भारतीय फिल्म उद्योगकका सुपरस्टार तथा बलिउड अभिनेत्री नम्रता शिरोडकरका पति महेश बाबुलाई प्रवर्तन निर्देशनालय (ईडी)ले समन पठाएको छ । 

उनलाई अप्रिल २७ मा हैदराबादस्थित ईडी कार्यालयमा उपस्थित हुन भनिएको छ ।

हैदराबादस्थित रियल इस्टेट फर्म साई सूर्य डेभलपर्स र सुराणा ग्रुपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा महेश बाबुलाई यो समन पठाइएको हो ।

महेश बाबु ग्रिन मीडोजका ब्रान्ड एम्बेसडर थिए । केही समयअघि यी दुई कम्पनी र उनीहरूसँग सम्बन्धित कयौँ लगानीकर्तासँग सम्बन्धित विभिन्न स्थानमा ईडीले छापा मारेको थियो । साई सूर्याका मालिक सतीश चन्द्र गुप्तामाथि ठगीको आरोप छ ।

महेश बाबुसँग भएको डिलमाहरूमा नगदमा भुक्तानी गरेर ठगी गरेको अनि कालो धनलाई सेतो बनाएको ईडीको विश्वास छ । 

तेलंगाना प्रहरीले भाग्यनगर प्रोपर्टीज लिमिटेडका निर्देशक नरेन्द्र सुराणा र साई सूर्य डेभलपर्सका मालिक के सतीश चन्द्र गुप्ता लगायत प्रमुख व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता गरेपछि अनुसन्धान सुरु भएको थियो ।

महेश तेलुगु फिल्म उद्योगका एक सुपरस्टार हुन् । उनी कहिले बलिउडमा इन्ट्री गर्लान् भनेर फ्यानहरू उत्सुकतापूर्वक पर्खिरहेका छन् । बलिउडले उनलाई ‘अफोर्ड’ गर्न सक्दैन, त्यसैले आफू ले बलिउडमा काम नगरेको महेश बाबुले एक अन्तर्वार्तामा भनेका थिए । महेश बाबु हाल आफ्नो नयाँ फिल्म एसएसएमबी २९ को छायाङ्कनमा व्यस्त छन् । 

यो फिल्ममा महेशको साथमा प्रियङ्का चोपडाले स्क्रीन शेयर गर्दै छिन् । फिल्मका लागि प्रियङ्का चोपडाले ३० करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ ।

यो कुनै पनि बलिउड अभिनेत्रीले लिएको अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिक हो । राजामौली र महेश बाबु पहिलो पटक सँगै काम गर्दै छन् । फिल्ममा पृथ्वीराज सुकुमारन पनि मुख्य भूमिकामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप