बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

आफ्नो विवादास्पद टिप्पणीमा अनुराग कश्यपले मागे माफी

मङ्गलबार, ०९ वैशाख २०८२, १४ : १९
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यप यति बेला आफ्नो एक विवादास्पद टिप्पणीका कारण चर्चामा छन् ।

आफ्नो टिप्पणीको लागि उनले माफी मागेका छन् । ‘रिसको झोकमा कसैलाई जवाफ दिँदा मैले आफ्नो सीमा बिर्सिएँ र सम्पूर्ण ब्राह्मण समुदायबारे नराम्रो बोलेँ । 

त्यो समुदाय जसका कयौँ मानिस मेरो जीवनमा आएका छन्, अझै पनि छन् र धेरै योगदान पुर्‍याउँछन् । आज, तिनीहरू सबै मबाट दुखित छन् । मेरो परिवार मबाट दुखित छ। धेरै बुद्धिजीवीहरू, जसलाई म सम्मान गर्छु, मेरो रिस र मेरो बोल्ने तरिकाबाट दुखित छन्,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा आफ्नो अकाउन्टमा एउटा पोस्टमा उनले लेखेका छन् । 

‘म यो समाजसँग हृदयदेखि नै माफी माग्छु, जसलाई म यो भन्न चाहन्नथें, तर कसैको नराम्रो टिप्पणीको जवाफ दिँदै रिसाएर लेखेको थिएँ ।’ पोस्टमा अझ अगाडि उनले लेखेका छन् ।

यस पोस्टमा उनले आफ्ना सबै सहकर्मी, साथीभाइ र परिवारसँग माफी मागेका छन् । आफ्नो रिसलाई नियन्त्रणमा राख्ने र विचार व्यक्त गर्न सही शब्द प्रयोग गर्ने पनि उनले बताएका छन् । 

आफ्नो फिल्म ‘फुले’को रिलिजमा अनुराग कश्यपले टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘अहिले ब्राह्मणहरूलाई फुलेसँग समस्या छ । भाइ, जब जाति व्यवस्था छैन भने ज्योति बा फुले र सावित्रीबाई किन थिए ?’ अनुराग कश्यपले प्रश्न गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप