यथास्थितिवादीकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेका छन्: श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादीकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक बिचार गोष्ठीमा बोल्दै श्रेष्ठले त्यस्तो प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका हुन् ।
यथास्थितिवादी सत्ता लोलुपता, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनले बताए । श्रेष्ठले सरकार यथास्थितीवादीको मुख्य बाहकको रुपमा रहेकाले त्यसका विरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाइँलाई सफल पार्न सकिने तर्क गरे ।
त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूसँग एकता र धुवीकरण प्रक्रिया अघि बढाउँदै वामपन्थी पार्टीहरूको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।
उनले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । सडक, सदन र सरकारको मोर्चालाई संयोजन गरी शान्तिपूर्ण बाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन
-
कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड
-
‘एफएनजे यूके पत्रकारिता पुरस्कार’ छनोट समिति चयन
-
ढुंगाले हानेर चारमहिने छोराको हत्या
-
आमाद्वारा ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या
-
काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु