कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला
मङ्गलबार, ०९ वैशाख २०८२, १२ : ५९

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको घिरौँलामा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि ल्याइएको घिरौँलामा ५३.९३५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलको १५ वटा तरकारी तथा फलफूल परीक्षण गरेको थियो । विषादीको सो मात्रा उपभोग अयोग्य हुन्छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ