युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध छेडिएयता पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ताको प्रस्ताव गरेका छन् । यसअघि पुटिनले इस्टरको अवसरमा एकदिने एकपक्षीय युद्धविरामको घोषणा गरेका थिए । दोस्रो पटक उनले युद्ध रोक्ने प्रस्ताव गरेका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । राति रेकर्ड गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले युक्रेन नागरिकहरूमाथि आक्रमण रोक्न सकारात्मक कदम हुने युद्धविरामको बारे कुनै पनि वार्ताको लागि तयार रहेको कुरामा जोड दिए ।
पुटिन र जेलेन्स्की दुवैलाई वार्ताको टेबलमा आउन अमेरिकाले दबाब दिँदै आएको छ । दुई देश शान्ति उपायहरूमा अगाडि बढेनन भने अमेरिका यो प्रयासबाट पछि हट्ने धम्की ट्रम्पले दिएका थिए । गत सप्ताहन्तमा मस्कोले घोषणा गरेको ३० घण्टाको इस्टर युद्धविरामपछि रुस र युक्रेनले थप युद्धविरामको लागि तयार रहेको बताएका थिए । तर, दुवै पक्षले एकअर्कालाई यसको उल्लंघन गरेको आरोप लगाए ।
बुधबार लन्डनमा अमेरिका र युरोपेली देशहरूसँग युक्रेन वार्ता बस्दैछ । यो छलफल गत हप्ता पेरिसमा भएको बैठकपछि भएको हो । सो बैठकमा अमेरिका र युरोपेली देशहरूले तीन वर्षभन्दा पुरानो युद्ध अन्त्य गर्ने तरिकाहरूबारे छलफल गरेका थिए ।
एकतर्फी रूपमा घोषणा गरिएको इस्टर युद्धविरामपछि लडाइँ पुनः सुरु भएको रुसका सरकारी टिभी रिपोर्टरसँग कुरा गर्दै पुटिनले शनिबार बताएका थिए । रुस कुनै पनि शान्ति पहलका लागि खुला रहेको र युक्रेनबाट पनि त्यस्तै अपेक्षा गरेको उनको भनाइ थियो ।
‘हामीले सधैं यस बारेमा कुरा गरेका छौं कि कुनै पनि शान्ति पहलप्रति हाम्रो सकारात्मक दृष्टिकोण छ । हामी आशा गर्छौं कि युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसुस गर्नेछन्’ पुटिनले सरकारी टिभी रिपोर्टर पावेल जारुबिनलाई भने ।
नागरिक बस्ने स्थानमा आक्रमण नगर्ने विषयमा छलफल गर्न सम्भव छ भनेर राष्ट्रपतिले भनेका छन् भने उनले युक्रेनी पक्षसँग वार्ता र छलफल गर्ने कुरालाई ध्यानमा राखेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताए ।
२०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि व्यापक आक्रमण सुरु गरेपछिका सुरुवाती हप्ताहरूदेखि दुवै पक्षबिच प्रत्यक्ष वार्ता भएको छैन । नागरिक लक्ष्यहरूमा आक्रमण रोक्ने आफ्नो प्रस्तावमा अडिग भएको र यो प्राप्त गर्न कुनै पनि प्रकारको छलफलको लागि आफू तयार रहेको आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा जेलेन्स्कीले भनेका थिए । यसअघि अमेरिका र युक्रेनले यसलाई ३० दिने युद्धविरामको रूपमा तयार पारेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने