बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

नयाँ पोस्टर यस्तो देखियो ‘नरसिंहाः अवतार’

मङ्गलबार, ०९ वैशाख २०८२, १२ : ०७
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरूलाई स्थान दिइएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक सञ्जालमा सुपरहिट भइरहेको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रुचाएका छन् ।

यसैबिच, निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरूलाई स्थान दिइएको छ ।

निर्देशक तथा लेखक दिवाकर भट्टराईका अनुसार, यो पोस्टरले फिल्ममा कुन कलाकारहरूको गेटअप कस्तो छ भन्ने प्रष्ट पार्दछ ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।

क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप