बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

मङ्गलबार, ०९ वैशाख २०८२, १० : ४८
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ । 

महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो ।

यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप