गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय

पोखरा । गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सबै अस्पताल निर्माणको सैद्धान्तिक सहमति दिएको हो ।
योसँगै हाल ३९५ शय्या रहेको यहाँका अस्पतालको बेड क्षमता ७ सय पुग्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई २५ शय्यामा स्तरोन्नति गरिँदैछ । हाल दुवै अस्पतालको क्षमता १५ शय्या मात्रै छ । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरबृद्धि गर्न लागिएको छ । २५ शय्याको स्वीकृतिबाट चलिरहेको पोखराको मातृ शिशु अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिनेछ ।
गण्डकी प्रदेशकै महत्त्वपूर्ण बागलुङको धवलागिरि अस्पताल र नवलपुरको मध्य विन्दु अस्पताललाई १ सय बेडमा स्तरोन्नति गर्न लागिएको छ । धवलागिरि हाल ५० शय्या र मध्य विन्दु २५ शय्या क्षमतामा चलिरहेका छन् ।
एक सय शय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने कानुनी व्यवस्था रहेकोले सम्भावित अस्पतालमा बेड थप्न लागिएको स्वास्थ्य मन्त्री कृष्ण पाठक बताउँछन् । चालू वर्षदेखि नै गोरखाको आँप पिपल अस्पताल र बागलुङको बुर्तीबाङ अस्पताल प्रदेश मातहत ल्याएर ५० शय्या क्षमतामा सञ्चालन गरिएको छ । लमजुङ, गोरखा र म्याग्दी जिल्ला अस्पतालको स्तरबृद्धि यसअघि नै गरिएको छ । तीनवटै अस्पताल ५० शय्यामा चलिरहेका छन् ।
प्रदेश सरकार मातहत गण्डकी प्रदेशभित्र १४ अस्पतालहरू छन् । ती अस्पतालबाट वार्षिक ६६ करोड ४७ लाख आम्दानी छ भने ५९ करोड खर्च हुने मन्त्री पाठकको भनाई छ । उनका अनुसार ३ सय ९५ बेड क्षमता स्वीकृत भए पनि ८ सय बेडबाट सेवा दिइएको थियो । ‘अहिले नै ८ सय बेड छन् । प्रस्ताव अनुसार स्तर बढाइयो भने ७ सयले स्वीकृति पाउँछन् । २८ सय बेडसम्म थप्न सकिन्छ,’ उनले भने, ‘आम्दानी पनि तेब्बर बढेर जान्छ । अस्पताल सञ्चालनको आर्थिक भार प्रदेश सरकारलाई पर्दैन । आफ्नै आम्दानीबाट अस्पताल सुदृढ गर्न सक्छौँ ।’
यी सबै अस्पताल चलाउन हाल ५ सय ६४ दरबन्दी छ भने ३ सय ८७ पूर्ति भएको छ । बाँकी रिक्त छ । करिब ८ सय कर्मचारी करारमा नियुक्त गरिएको छ । हाल करार सहित १ हजार १ सय ३३ कर्मचारी कार्यरत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्तरोन्नति भएपछि १ हजार २ सय ४४ कर्मचारी आवश्यक पर्छ । ‘करार कर्मचारीलाई दरबन्दीमा ल्यायौँ भने समस्या पर्दैन । बेड सङ्ख्या मात्रै बढाएर पुग्दैन । भौतिक संरचना, जनशक्ति र उपकरण पनि सोही अनुसार थप्नुपर्छ,’ अघि भने, ‘कतिपय अस्पतालमा उपकरण पर्याप्त छन् । नपुग खरिद गर्नुपर्छ । केही विशेषज्ञ डाक्टरको व्यवस्थापन गर्नुपर्छ । प्रदेश सरकारले त्यो गर्छ, अस्पतालकै आम्दानीले चल्छ ।’
चालू वर्षदेखि नै सक्दो संरचना थप्दै लैजाने पाठकले सुनाए । ‘तुरुन्तै ओ एन्ड एम सुरु हुन्छ । त्यो स्वीकृत भएपछि शय्या सङ्ख्या बढाइहाल्छौँ,’ उनले भने । स्वास्थ्य मन्त्रालयले गण्डकीको पूरा बजेट मध्ये कम्तीमा १० प्रतिशत स्वास्थ्यमा विनियोजन गर्न सरकारसँग आग्रह गरेको छ । यद्यपि चालू वर्षको बजेटमा नघटाईकन सिलिङ व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । निर्माण भएदेखि यहाँका अस्पताल स्तरोन्नति भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ