बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षामन्त्रीबाट राजीनामा दिएकै दिन विद्या भट्टराईले छाडिन् क्वार्टर

सोमबार, ०८ वैशाख २०८२, २१ : ४१
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले मन्त्री क्वार्टर पनि छोडेकी छन् । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी भट्टराईले लगत्तै भैंसेपाटीस्थित मन्त्री क्वार्टर छाडेर निजी निवासमा गएकी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री भट्टराईबिच आज दिउँसो छलफल भएको थियो । त्यससलगत्तै उनले राजीनामा दिएकी थिइन् । 

विगतदेखि नै प्रधानमन्त्री टसलमा रहेकी शिक्षामन्त्रीले शिक्षकहरूको आन्दोलन र उनीहरूका माग मुद्दा सम्बोधन गराउन नसकेपछि गत असार ३१ मा शिक्षा मन्त्रीमा नियुक्त भएकी भट्टराई राजीनामा दिन बाध्य भएकी हुन् । 

याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप