मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

गिलको ९० रनको योगदान, कोलकातालाई गुजरातले दियो १९९ रनको लक्ष्य

सोमबार, ०८ वैशाख २०८२, २१ : ३६
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । जारी आईपीएलको ३९ औं खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई १९९ रनको लक्ष्य दिएको छ ।

इडेन गार्डेन स्टेडियममा कोलकोताले बलिङ गर्ने निर्णय गरेको थियो । निर्धारित पूरा ओभरमा गुजरातले ३ विकेट गुमाउँदै १९८ रन बनायो । उसका लागि शुभमन गिलले ९० र साई सुदर्शनले ५२ रन बनाए । कोलकाताका लागि वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले १–१ विकेट लिए । 

गुजरातबाट जोस बटलरले ४१ रन र शाहरुख खानले ११ रन बनाएर नटआउट रहे । राहुत तेवतिया भने आज शून्यमै आउट भए । १९ औं ओभरमा गुजरातले तेस्रो विकेट गुमाएको थियो । 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप