बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न

सोमबार, ०८ वैशाख २०८२, २१ : ३१
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सोमबार सम्पन्न भएको छ ।

कृष्ण पोखरेल(बाबु) को सभापतित्व एवं महेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनले विष्णु खरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विष्णु गैरेशारदा पोखरेल,प्रशुराम खरेल(प्रकाश),गोकुल अर्याल,सन्तोष अर्याल र विष्णु कुमारी छन् । महासचिवमा सविन घिमिरे चयन भएका छन् । 

सचिवमा राजकुमार अर्याल र सरोज खरेल चयन हुँदा कोषाध्यक्षमा सुनिल अर्याल चयन भएका छन् । त्यस्तै सहकोषाध्यक्षमा शंकर खरेल र कृष्ण प्रसाद भण्डारी चयन भएका छन् । सदस्यहरुमा तुल्सीराम अर्याल,माधव खरेल,जमुना खरेल,सावित्रा तिवारी,शित्तल केसी, सरु खरेल र सिता गैरे चयन भएका छन् । 

कार्यक्रममा नेपाललाई चिनाउने आँपचौरको कफी प्रवर्द्धनलाई विश्व बजार सम्म पुर्‍याउन साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यक्रमको सञ्चालन राज सापकोटाले गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप