बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजावादी प्रदर्शन

तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन

सोमबार, ०८ वैशाख २०८२, २० : ००
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा करिब ४७ करोड क्षति भएको मूल्याङ्कन गरिएको छ ।

चैत १५ मा पुर्वराजाको समर्थनमा भएको प्रदर्शनमा सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाए ।

प्रदर्शनकारीहरूले सञ्चार संस्था, भाटभटेनी सुपरस्टोर र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय सहित २२ वटा घर तथा कार्यालयमा तोडफोड भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ३९ वटा सवारीसाधन प्रदर्शनकारीले तोडफोड गरेका थिए । 

प्रारम्भिक मूल्याङ्कनबाट निजी र सार्वजनिक सम्पत्ति समेत गरेर ४६ करोड ९५ लाख क्षति भएको देखिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘करिब ४७ करोड क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।’

उच्छृङ्खल गतिविधि गरेको आरोपमा अहिले ७३ जना थुनामा छन् । उनीहरू विरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर र आपराधिक उपद्रव विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । क्षति भएको रकम बराबरको बिगो आरोपीहरूसँग मागदावी गर्ने प्रहरीको तयारी छ । 

अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने,‘क्षति भएको रकम बराबरको बिगो मुद्दा दायर गर्दा प्रतिवादीहरूबाट भराउन मागदावी लिन्छौँ ।’

याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप