मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ

सोमबार, ०८ वैशाख २०८२, १९ : ११
सोमबार, ०८ वैशाख २०८२

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरू भैरहवा आएर  लुम्बिनीमा लगानी गर्दा सम्भावना रहेको बताएका छन् । 

भैरहवामा आज हक्काइडो नेपाल सेन्टरले आयोजना गरेको लुम्बिनीको समृद्धि, सम्भावना र चुनीती विषय गोष्ठीमा रास्वपाका नेताहरू डा. स्वर्णिम वाग्ले, गणेश पराजुली , मनीष झा  अनिल केसरी शाह लगायतले लुम्बिनी प्रदेश आर्थिक, पर्यटन, प्रकृति, कृषि, स्वास्थ्य, क्षेत्र लगानी गर्दा  त्यसबाट प्रतिफल आउने सम्भावना बताए । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. वाग्लेले मुलुक आर्थिक शिथिलता र सङ्कटबिच रहेको जनाउँदै संविधानको पुनर्संरचना गरेरै भए पनि प्रदेशसभा खारेज गरिनुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेश लगानीका दृष्टिले सबै क्षेत्रमा अग्रणी रहेको जनाउँदै यसका लागि योजनाबद्ध काम गर्न जरुरी रहेको उल्लेख गरे । 

रास्वपा सांसद मनीष झाले पूर्वाधारको सम्भाव्यता अध्ययनमै समस्या हुने गरेको उल्लेख गर्दै नेताको प्रभावमा संरचना निर्माण हुने गरेको आरोप लगाए । पूर्वाधार निर्माणको पक्रियामै ढिलाइ गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रसित समन्वयमा कमी हुँदा कार्यान्वयनमा समस्या हुने गरेको बताए । उनले ‘भैरहवामा विमानस्थलको उद्घाटनका लागि मात्र हतार गरिएको तर विमान चलाउन आवश्यक प्राविधिक तयारी अन्य तयारी नगरिएको बताए ।  

बैंकर्स अनिलकेशरी शाहले वर्तमान आर्थिक अवस्थाका कारण निजी क्षेत्र निराश हुने अवस्था भए पनि ‘होपलेस’ हुन जरुरी नरहेको बताए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले निजी क्षेत्र आशावादी बनेको जनाउँदै अहिले विमानस्थल बनेको र जहाज पनि आउला भन्दै त्यसका लागि इच्छाशक्ति भएको नेतृत्व जरुरी हुने उनले बताए ।

अहिले राजनीतिमा मात्र नभएर पेसागत र निजी क्षेत्रमा समेत नेतृत्व अभाव खड्किएको उनको भनाइ छ । उनले रुपन्देही लगानीका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला भएको जनाए । 

उद्यमी गोष्ठीमा  हक्काइडो नेपाल सेन्टरले संस्थाका संस्थापक अर्जुन अधिकारीले यति वेला प्रधानमन्त्रीले चाहेर पनि गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको र सञ्चालनका लागि नीतिगत र कूटनीतिक पहल जरुरी रहेको बताए । उनले लुम्बिनी क्षेत्रको आर्थिक विकास र लगानी योग्य क्षेत्रलाई उजागर गर्न प्रयासरत रहेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप