बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला

सोमबार, ०८ वैशाख २०८२, १९ : १६
सोमबार, ०८ वैशाख २०८२

बुटवल । रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ दानव नदीमा डुबेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ अर्दौलीका १५ वर्षीय राजन यादवको शव फेला परेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रन्जित सिंह राठौरले रातोपाटीलाई बताए ।  

बेपत्ता हुनेमा सोही नगरपालिका–२ बस्ने १२ वर्षीय मुन्नु हरिजन र सोही वडाका १३ वर्षीय उमेश यादव रहेका छन् ।

उनीलाई आज अँध्यारो भएकाले भोलि मंगलबार बिहानदेखि खोजी गरिने उनले उनले बताए । सोमबार दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित दानव नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप