बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
न्यायालय

५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

सोमबार, ०८ वैशाख २०८२, १७ : २७
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । ५२ संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट आज पनि हेर्दाहेर्दैमा परेको छ ।

रिटमाथि भोलि मंगलबार पुनः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ हुनेछ । 

आज सरकारको तर्फबाट महान्यायधिवक्ता रमेश बडालसहित नायव महान्यायधिवक्ताहरु गोपालप्रसाद रिमाल र सञ्जीव रेग्मी तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालले सरकारको तर्फबाट बहस गरेका थिए ।

भोलिको सुनुवाइमा सरकारी वकिलहरुले बहस गर्नेछन् । त्यसपछि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेपछि निवेदकका तर्फबाट जवाफी बहस सुरु हुनेछ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि प्रधानन्यायाधीश  राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा नियमति सुनुवाइ जारी छ ।

२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए ।  

२०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप