जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी ३.०) को कार्य योजनालाई सबैको साझा बनाउने गरी तयारी गरिरहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसद्वारा सोमवार काठमाडौंमा आयोजित जलवायु परिवर्तन, न्यायोचित रूपान्तरण, एनडीसी ३.० सम्बन्धी नीति संवादमा उनले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै जाने विषयमा सरकार गम्भीर रहेको बताए । उनले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने महत्वपूर्ण लक्ष्य रहेको बताउँदै त्यसबाट हुनेसक्ने असरप्रति सरकार संवेदनशील भएको बताए ।
उनले जलवायु परिवर्तनको असरलाई न्युनिकरण र कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने प्रक्रियाको तयारी गर्दै जाँदा श्रमिक वर्गलाई पर्न सक्ने रोजगारीको जोखिमप्रति सबै क्षेत्रले ध्यान दिनुपर्ने बताए ।
उनले भने,‘हाम्रो देशमा श्रमिक क्षेत्र बढी छ । जलवायु परिवर्तनको कारणले यो क्षेत्र प्रभावित हुने निश्चित छ । जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै जाने र सन् २०४५ सम्ममा हामीले कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने महत्वपूर्ण लक्ष्य छ,त्यो गर्नको लागि हामीले सबै प्रक्रियाहरू तयारी गर्दै जाँदा श्रमिक वर्गलाई पर्न जाने समस्यालाई समयमै सरकार र ट्रेड युनियन लगायतका क्षेत्रहरूले रोजगारीको सुरक्षा गर्नु आवश्यक छ ।’
मन्त्री शाहीले सबै विषयहरूलाई ध्यानमा राखेर एनडीसीलाई पूर्णता दिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार