मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

एक महिने जैविक कृषि जागरण अभियान हुने

सोमबार, ०८ वैशाख २०८२, १६ : ३३
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । खाद्य लागि कृषि अभियानले जैविक कृषि जागरण अभियान २०८२ गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी एक महिना सो जैविक कृषि जागरण अभियान गर्नेबारे जानकारी गराइएको हो । 

पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठुलो संकटमा छन् । रासायनिक मल र विषादीको प्रयोग निरन्तर बढ्दो छ । यसले माटो र मानव स्वास्थ्यलाई थप संकटग्रस्त बनाइरहेको अभियानकर्ताले बताएका छन् । 

जलवायु परिवर्तनसँगै माटो मरिरहेको, पानी चक्र बिग्रँदै गएको अवस्था छ । परिणामतः एकातिर हाम्रो स्थानीय उत्पादन आवश्यक रूपमा बढ्न सकेको छैन भने अर्कातिर हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भर पर्नु परिरहेको कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए । 

‘आम किसानको सरोकार सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार र सरोकार समूहहरू यसप्रति उदासीन देखिन्छन्,’ उनले भने, ‘ कृषि क्षेत्रको उन्नतिका लागि दिशानिर्देश गर्ने कृषि नीति र संघीय ऐन अहिलेसम्म बन्न सकेका छैनन् ।’

खाना र उत्पादक किसानको सुरक्षा खाद्य अधिकार र सम्प्रभुता ऐन नियम बने पनि कार्यान्वयनमा आउन सकेका छैनन् । सरकारी अधिकारीहरूले खाद्य सुरक्षा तथा बीउ संरक्षण र विषादी नियन्त्रण सरकारको प्राथमिकता हुने बताए पनि दलाललाई फाइदा पुग्ने खालको बेथितिबाट यस्ता प्राथमिकताहरू कार्यान्वयन हुनेमा विश्वास गर्ने आधार नदेखिने उनीहरूको भनाई छ ।

जागरण यात्रामा हुने सबै भेटघाट र संवादलाई, स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चितता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समुदाय विशेष गरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको न्यायसंगत हक स्थापित गर्ने र सरोकारवालाहरूलाई जवाफदेही बनाउन एक सशक्त अवसरको रूपमा लिने अभियानकर्ताको दाबी छ ।

यस्तो छ कार्यतालिका ः

Jaibik Jagaran Yatra_Alliance of Agri for Food schedule_page-0001Jaibik Jagaran Yatra_Alliance of Agri for Food schedule_page-0002Jaibik Jagaran Yatra_Alliance of Agri for Food schedule_page-0003

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप