मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

सोमबार, ०८ वैशाख २०८२, १६ : ३१
सोमबार, ०८ वैशाख २०८२

इलाम । इलाममा बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–४ बस्ने ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार यो घटना वैशाख ५ गते घटेको थियो । दुई जनाले मिलेर नाबालिगलाई डरत्रास देखाएर हात बाँधेर कराउन नदिई सामूहिक बलात्कार गरेका थिए । 

घटनापछि फरार रहेका उनीहरूलाई वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ फुयतप्पाबाट पक्राउ गरिएको नायब उपरीक्षक राईले बताए । 

उनीहरूलाई जिल्ला अदालत इलामा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप