विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
सोमबार, ०८ वैशाख २०८२, १५ : २७

काठमाडाैँ । ट्वाइलाइट चलचित्रकी अभिनेत्री क्रिस्टन स्टेवर्टले लामो समयदेखिकी प्रेमिका डायलन मेयेरसँग विवाह गरेकी छन् ।
टीएमजीको रिपोर्ट अनुसार यो जोडीले आइतबार लस एन्जलिसस्थित निवासमा विवाह गरेका हुन् ।
परिवार र निकटस्थ साथीहरू मात्र उपस्थित विवाह समारोहअघि दुवैले अदालतमा विवाह दर्ता गरेका थिए । विवाह समारोहमा अभिनेत्री एस्ली बेनसन र उनका पति ब्रान्डन डेभिस पनि सहभागी थिए ।
डायलन मेयेर ओस्कार पुरस्कारका लागि मनोनीत स्क्रिन लेखक निकोलस मेयरकी छोरी हुन् ।
क्रिस्टन र डायलनले सन् २०१९ को अक्टोबरमा आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए । उनीहरूले सन् २०२१ मा इन्गेजमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने