उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य नियुक्त गर्न गरिएको सिफारिस विवादमा परेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा धुव्रकुमार गौतमले एकलौटी तरिकाले सिफारिस गरेको आरोप लागेसँगै विवाद सतहमा आएको हो ।
कार्यकारी परिषद्ले गत चैत २२ गते विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नारायणनाथ योगीलाई कार्यकारी परिषद् सदस्य नियुक्त गर्न सिफारिस गरेको थियो । योगी एमाले निकट शिक्षक हुन् । उपकुलपति अध्यक्ष रहने कार्यकारी परिषद्मा डीनमध्येबाट लिलाधर तिवारी सदस्य छन् । शिक्षकमध्येबाट योगी नियुक्त भएमा ४ सदस्यीय कार्यकारी परिषदमा ३ जना एमाले निकट हुने छन् ।
परिषदमा रजिस्ट्रार प्रा. डा. शोभाखर कडेलमात्र कांग्रेस निकट हुन् । विश्वविद्यालय ऐनअनुसार कार्यकारी परिषद् शक्तिशाली निकाय हो । यही निकायका उपकुलपतिले एकलौटी गर्न खोजेपछि सिफारिस नै विवादमा परेको हो ।
विश्वविद्यालयको प्रजातन्त्रवादी प्राध्यापक संघले उपकुलपति गौतमलाई ज्ञापनपत्र बुझाउँदै ७२ घण्टे अल्टिमेटम दिएको छ । संघले एकलौटी ढंगले कार्यकारी सदस्य नियुक्तिका लागि भएको सिफारिस बदर गर्न माग गरेको छ । सिफारिस ७२ घण्टाभित्र बदर नगरिएको खण्डमा आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ ।
प्राध्यापक संघले लामो समयदेखि आंशिक र करारमा रहेका शिक्षकको हकहितका लागि आवाज उठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल