मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे

सोमबार, ०८ वैशाख २०८२, १३ : १६
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने बताएका छन् । सोमबार काठमाडौँमा मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको भौगोलिक अवस्थामा साहसिक खेलकुदको प्रचुर सम्भावना रहेकाले यसमार्फत खेल पर्यटनको विकास गर्न सकिने र राष्ट्रले आय आर्जन समेत गर्न सकिने बताएका हुन् ।

उनले खेल क्षेत्रको विकासका लागि सरकारले धेरै प्रयास गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे । खेलले राष्ट्रियता बलियो बनाउने र देशको नाम विश्वसामु चिनाउने भएकाले यस क्षेत्रको विकास लागि सबै लाग्नुपर्ने उनले बताए ।

मदन भण्डारी स्पोट्स् एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप