मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?

सोमबार, ०८ वैशाख २०८२, १३ : १५
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा ४७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।

सो समयावधिमा ६ करोड १७ लाख ३१ हजार रुपैयाँको खाद्यान्न निर्यात पनि भएको छ । खाद्यान्नमा नेपालले ४७ अर्ब ७९ करोड ५३ लाख ६० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्याङ्क छ ।

सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा ४ अर्ब २९ करोड १७ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप