सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

कृष्णभिरबाट मोटरसाइकल सहित त्रिशुलीमा खसेका युवकको मृत्यु

सोमबार, ०८ वैशाख २०८२, १२ : ५९
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । धादिङको बेनिघाठ रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट त्रिशुलीमा खसेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ घर भएका २७ वर्षीय मिनबहादुर तामाङ छन् । 

आइतबार साँझ काठमाडौं आउँदै गरेका तामाङ बागमती प्रदेश–०५४ प ४०५४ नम्बरको आरटिआर मोटरसाइकल सहित त्रिशुलीमा खसेका थिए ।

सडकबाट २ सय मिटर तल खसेर अचेत भएका तामाङलाई प्रहरीले उद्धार गरेर धादिङको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको थियो । उपचारको क्रममा सोमबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप