चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता
सोमबार, ०८ वैशाख २०८२, १२ : ०८

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको छ । चीनको राजधानी बेइजिङमा विश्वकै पहिला रोबोट हाफ म्याराथन आयोजना गरिएको हो ।
रोबोटहरू २१ किलोमिटर दौडिएका छन् । केही रोबोटहरू मानिसहरू जस्तै थकित भएको पाइएको छ । केही रोबोटहरूले जुत्ता समेत लगाएका थिए ।
प्रत्येक रोबोटको पछाडि विज्ञहरूको टोली खटाइएको थियो । दौडमा तीन पटक रोबोटहरुको ब्याट्री बदलिएको थियो ।
बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरद्वारा विकसित टिएन कुङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा अन्तिम रेखा पार गरेको थियो ।
नोएटिक्सको एन२ दोस्रो स्थानमा आयो । ड्रॉइडअपको रोबोटले तेस्रो स्थान हासिल गरेको छ । ६ ह्युमनोइड रोबोटहरूले दौड पूरा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा