सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल ल क्याम्पसमा आज स्ववियु निर्वाचन

सोमबार, ०८ वैशाख २०८२, ११ : ५६
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । 

२०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेको थियो ।

अदालतको आदेशपछि उक्त क्याम्पसमा सोमबारका लागि निर्वाचन गर्ने तय भएको थियो । निर्वाचनमा १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप