मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

रिहा भएलगत्तै भारत जाने तयारीमा राप्रपाका महामन्त्री राणा

सोमबार, ०८ वैशाख २०८२, ०७ : ३९
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने तयारीमा रहेका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए । 

उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् । 

उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ । 

क्यान्सरको उपचारकै लागि भनेर प्रहरीले उनलाई गएराति रिहा गरेको थियो । उनलाई तीनकुने घटनामा संलग्न रहेको भनेर गत चैत १५ गते पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका थियो । 

चैत १५ गते नै राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै हिंसा भड्काउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरेको हो । उनको बयान सकिइसकेको छ भने आवश्यक परेको बेला उपस्थित गराउने गरी परिवारलाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप