जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्यो, दुई हजार पटक उल्लंघन

काठमाडौं । युक्रेन र रुसले एक अर्कालाई ‘इस्टर युद्धविराम’ तोडेको आरोप लगाएका छन् । यी दुई मुलुक शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषित गरेको ३० घण्टाको ‘इस्टर युद्धविराम’उल्लंघनको आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सैनिकले आइतबार सबेरैदेखि दुई हजार भन्दा बढी पटक युद्धविराम उल्लंघन गरेको जिकिर गरेका छन् । यस्तै, रुसी रक्षा मन्त्रालयले आफुहरु युक्रेन हमलाबाट पछि हटेको मौका छोपेर कीवमाथि सयौं ड्रोन आक्रमण तथा गोलाबारी गरेको आरोप लगाएको छ ।
तर, युद्धरत पक्षको जिकिरबारे स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन यसै हप्ता एक सम्झौता गर्ने विश्वास लिएका छन् । तर, उनले त्यसबारे आधिकारिक कुनै विवरण भने दिएका छैनन् ।
रुसी राष्ट्रपति पुटिनले ३० घण्टे युद्धविरा घोषणा गर्दा ‘यो अवधिका लागि म सबै सैन्य कारबाही रोक्ने आदेश दिन्छु । र, युक्रेनी पक्ष हाम्रो उदाहरणको पालन गर्नेछ’ भनेका थिए ।
तर, उनले त्यसै बेला युद्धविरामको सम्भावित उल्लंघन, विपक्षीको उक्साहट र कुनै पनि आक्रामक कार्य रोक्नका लागि तैयार रहन भने भनेका थिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार राती अबेर युक्रेनी सशस्त्र बलका कमाण्डर इन चीफ ओलेक्सान्द्र सिस्र्कीको रिपोर्टको हवाला दिँदै युद्धविराम समयका दौरान रुसी गोलाबारीको कुल संख्या १३५५ थियो र जसमध्ये ७१३ गोलाबारीमा घातक एवं भारी हतियार प्रयोग गरिएको थियो । यद्यपि, हवाई आक्रमणको भने कुनै चेतावनी नरहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल
-
भुवन गिरीले सफाइ पाएपछि विरोध प्रदर्शनमा उत्रिइन् आरती, प्रहरीले नियन्त्रणमा लिएर छाड्यो