भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?

आज विक्रम संवत २०८२ साल वैसाख ८ गते, सोमबार । ईश्वी सन् २०२५ अप्रिल २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि–अष्टमी, २१ घडी १९ पला, दिउसो २ बजेर ७ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराषाढा, ६ घडी ५७ पला, बिहान ८ बजेर २३ मिनेट उप्रान्त श्रवण । योग–साध्य, ३३ घडी ५२ पला, बेलुकी ७ बजेर ९ मिनेट उप्रान्त शुभ । करण–कौलव, दिउँसो २ बजेर ७ मिनेट उप्रान्त तैतिल, रातको १ बजेर ४६ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १९ पला ।
आजको बार बेला
- बिहान ५ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
- बिहान ५ बजेर ३७ मिनेटदेखि बिहान ७ बजेर १३ मिनेटसम्म काल बेला ।
- बिहान ७ बजेर १४ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म शुभ बेला ।
- बिहान ०९ बजेर ५१ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म उद्धेग बेला ।
- मध्यान्ह १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म चर बेला ।
- दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर १७ मिनेटसम्म लाभ बेला ।
- दिउँसो ४ बजेर १८ मिनेटदेखि बेलुकी ४ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ४ बजेर ५५ मिनेटदेखि बेलुकी ७ बजेर ५४ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ७ बजेर १२ मिनेटदेखि बिहान ८ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ४ बजेर १ मिनेटदेखि बिहान ४ बजेर ४९ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाइ तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना छ । र, पनि स्वास्थ्यको ख्याल गर्नुहोला । सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइ विद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको सहभागिता उच्च स्तरको रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरु भन्दापछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजादा अरु कै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नसक्छ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार, शेयरबजार तथा उद्योगबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाइने ग्रहयोग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुद भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने व्यसाय फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुबै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधनको व्यापार व्यवसायमा अलिक बढी मेहनेत गर्दा भने जस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलिक बढि नै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकाले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । र, पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरु तपाईं आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । र, पनि अध्ययनमा बाधा हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्वबाट आवश्यक सहयोग पाइने हुँदा मन खुशी
रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजका दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुबी रहनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वदेशी सामानको उत्पादन तथा विक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्नसक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नु पर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच