मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का

सोमबार, ०८ वैशाख २०८२, ०२ : ०१
सोमबार, ०८ वैशाख २०८२

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर मिलानलाई धक्का पुगेको छ । आइतबार राती बोलोग्नासँग १-० को हार व्यहोरेसँग इन्टरको 'सहज उपाधि यात्रा'मा धक्का पुगेको हो । 

घरेलु मैदानमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीले निर्णायक गोल गर्दै इन्टरको उपाधि यात्रा कठिन बनाइदिएका हुन् । दोस्रो हाफ सुरु भएको केही समयमा १० खेलाडीमा सिमित भएको बोलोग्नाले शीर्ष टोलीलाई गोल गर्ने मौका दिएन । 

यो हारले दोस्रो स्थानको नापोलीसँग अंक दुरी बढाउने इन्टरको योजना फेल खाएको छ । समान ३३ खेलबाट इन्टर र नापोलीको ७१-७१ अंक छ । यद्यपि, गोल अन्तरका आधारमा इन्टर शीर्ष स्थानमा भने कायमै छ ।  यस्तै, सिरी’एको अर्को खेलमा इम्पोलीले भेनेजियासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप