प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकाले पनि उपाधि कब्जा गर्न अझै एक खेल पर्खिनु पर्ने भएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई १-० ले हराए पनि दोस्रो स्थानको आर्सनल समेत विजयी भएसँगै पाँच खेल अगावै उपाधि हत्याउने योजना गडबड भएको हो । लिभरपुल उपाधि नजिक पुगे पनि ट्रफी उचाल्न अझै अर्को खेल कुर्नु पर्ने भएको छ ।
लेस्टरको घरेलु मैदानमा लिभरपुललाई जिताउन अलेक्जेन्डर अर्नोल्डले गोल गरे । यो जितसँगै लिभरपुलको ३३ खेलबाट ७९ अंक भएको छ । समान खेलबाट आर्सनलको ६६ अंक भएको छ ।
आर्सनलले इप्सविच टाउनलाई ४-० ले हराएसँगै लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न अझै कम्तीमा एक हप्ता पर्खनुपर्ने भएको हो । लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई इङ्लिस फुटबल इतिहासमा बराबरी गर्ने गरी २०औं उपाधि जित्न मात्र ६ अंक आवश्यक थियो । इप्सविचविरुद्ध आर्सनलको जितले माहोल फेरियो ।
यस्तै, प्रिमियर लिग मै चेल्सीले फुलहमलाई २-१ ले हराउँदा म्यान्चेस्टर युनाइटेड उल्भ्ससँग १-० ले पराजित भयो । हालको स्थितिमा न्यूक्यासल युनाइटेड तेस्रो, म्यान्चेस्टर सिटी चौथो र चेल्सी पाचौं स्थानमा रहँदा म्यान्चेस्टर युनाइटेड भने अंक तालिकाको १४ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म