सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

धवलशमशेरलाई हाजिर जमानीमा छाडियो

आइतबार, ०७ वैशाख २०८२, २२ : ३५
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई बोलाएको बेला उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । 

तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा उनी चैत १५ मा राति पक्राउ परेका थिए । क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको एसएसपी अधिकारीले बताए । उनले भने, ‘उपचार प्रयोजनको लागि उहाँलाई रिहा गरेका छौँ ।’ धवल पत्नीले उनलाई जिम्मा लिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप